सानिमा बैंक कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवर्द्धित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा सानिमा बैंकलाई पनि आबद्ध गराएको छ ।

यस प्रणालीमा बैंकका ग्राहकले आफू एकपटक आबद्ध भएर बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था रहेको बताइएको छ । हाल यस प्रणालीमार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा फन्ड लोड, शेयर ब्रोकरलाई भुक्तानीे लगायत अन्य विभिन्न सेवा प्रदायकलाई भुक्तानी गरिने व्यवस्था रहेको बताइएको छ ।

कम्पनीका अनुसार उक्त सेवाप्रणाली प्रदायकको पोर्टलमा पेमेन्ट प्रोशेसर (गेटवे)को रूपमा जडान गरिएको छ । ग्राहकले कनेक्टआईपीएस छनोट गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ । उक्त प्रणालीमा अनलाइन मार्फत प्रति कारोबार रू. १ लाखसम्म र मोबाइल एप्स मार्फत प्रति कारोबार रू. ५ हजारसम्मको भुक्तानी गर्न सकिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

बैंकका ग्राहकहरूले यस प्रणालीको डब्लुडब्लुडब्लु डट कनेक्टआईपीएस डटकम, एन्ड्रोइड तथा आईओएसमा उपलब्ध मोबाइल एप्सबाट अनलाइन कारोबार गर्न सक्ने कम्पनीले बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री