आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने

काठमाडौं । दक्षिण एसियामा गत वर्षभन्दा यस वर्ष बढी मनसुनी वर्षा हुने भएको छ । मौसमी गतिविधिमा प्रत्यक्ष असर पार्ने एलनिनो र लानिनोमध्ये बढी वर्षा गराउने लानिनोको प्रभावका कारण यो क्षेत्रमा बढी वर्षा हुने विज्ञहरुले बताएका छन् ।

विश्व जल तथा मौसम संगठनको दक्षिण एसिया क्षेत्रीय मञ्च (सास्कोफ) ले दक्षिण एसिया क्षेत्रमा लानिनोको प्रभाव बढी भएकाले वर्षा बढी हुने निष्कर्ष निकालेको हो । आगामी मनसुनी अवस्थाको विषयमा छलफल गर्न हरेक वर्ष हुने सास्कोफ बैठकले नियमित मनसुनी वर्षाभन्दा बढी वर्षा हुने निष्कर्ष निकालेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । –राजधानी दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३२ पुग्यो

काठमाडौं । बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३२ जना पुगेको छ। भीषण …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds