नेइमारमाथि तीन खेलको प्रतिबन्ध, कारण–सामाजिक सञ्जाल

काठमाडाैँ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले स्टार खेलाडी नेइमारमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी नेइमारमाथि युइएफएले युरोपियन प्रतिस्पर्धाका तीन खेलमा प्रतिबन्ध लगाएको हो ।

उनले च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडसँगको अन्तिम १६ को खेलपछि सामाजिक सञ्जालमा खेल पदाधिकारीको अपमान हुने गरि पोस्ट गरेका भन्दै युइएफएले प्रतिबन्ध लगाएको हो ।

नेइमारले अन्तिम १६ को दोस्रो लेगमा रेफ्री डामिर स्कोमिनाले भिएआर मार्फत म्यानचेस्टर युनाइटेडलाई दिएको पेनाल्टीको आलोचना गरेका थिए । पेनाल्टीको निर्णयले फुटबलकै अपमान गरेको भन्दै उनले पोस्ट गरेका थिए ।

भिएआरमार्फत दिइएको पेनाल्टीकै कारण पहिलो लेगमा २–० ले अग्रता लिएको पिएसजी दोस्रो लेगमा अवे गोलका आधारमा पछि परेको थियो ।

त्यो बेला चोटका कारण मैदान बाहिर रहेका नेइमारले दर्शकदीर्घाबाट खेल हेरेका थिए । नेइमारले आउँदो सिजन च्याम्पियन्स लिग समूह चरणका तीन खेल गुमाउने भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउण्डरतर्फ दोस्रो …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds