चालू आर्थिक वर्षमा आर्थिक वृद्धि ६ दशमलव ८१ प्रतिशत, सरकारी लक्ष्य हासिल हुन सकेन

काठमाडौं ।  चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत हासिल हुने भएको छ ।  केन्द्रीय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय लेखा सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशतमा सीमित हुने देखाएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षकोे बजेट घोषणा गर्दा मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुने लक्ष्य राखेको बताएका थिए । तर प्रतिबद्धताअनुसार लक्ष्य हासिल हुन नसकेको विभागको प्रतिवेदनले औँल्याएको छ ।

चालू आवको अर्धवार्षिक समीक्षा गर्दा पनि अर्थमन्त्री डा. खतिवडाले मुलुकको आर्थिक वृद्धिदर ७ देखि ८ प्रतिशतको बीचमा रहने बताएका थिए । तर, सरकारले लिएको आर्थिक वृद्धिदरको सो लक्ष्य पूरा हुन नसक्ने निश्चित भएको छ ।

चालू आवमा नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब पुग्ने अनुमान विभागको छ । गत आवको भन्दा चालू आवमा नेपालको जीडीपी ४ खर्ब ३३ अर्बले बढेको विभागले सार्वजनिक गरेको प्रतिवेदनमा औंल्याइएको छ । सरकारको प्राथमिकतामा रहेका कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्रको वृद्धिदर ५ दशमलव १० प्रतिशत रहने अनुमान छ ।

कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान २७ दशमलव ५९ प्रतिशत रहने अनुमान विभागको छ । यसैगरी, सरकारको अर्को प्राथमिकताप्राप्त क्षेत्र उद्योग, निर्माण र विद्युत् क्षेत्रको योगदान १४ दशमलव ६ प्रतिशत तथा सेवा क्षेत्र (थोक तथा खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेलगायत)को योगदान ५७ दशमलव ८१ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds