दाङ । प्यूठानमा टिप्परले ठक्करबाट एकजनाको मृत्यु भएको छ । बिहीबार राति प्यूठान नगरपालिका वडा नम्र ४ विजुवारका ४७ वर्षीय कृष्णनाथ योगीलाई रा १ ख १९७१ नम्बरको टिपरले ठक्कर दिँदा मृत्यु भएको हो ।
चुनढुंगा लिन जाने क्रममा प्युठान नगरपालिका- ७ बाग्दुलामा ठक्कर दिँदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
योगीलाई उपचारको लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमा मुत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
टिपर हिँड्ने वैकल्पिक सडक झिमरुक नदीको छेउबाट बनाइएपनि अटेर गरि बजारको बाटो हिँडेर ठक्कर दिएर मान्छेको मृत्यु भएपछि स्थानिय आक्रोशित छन् ।
टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
तपाईंको प्रतिकृया




