चट्याङ लागेर एक जनाको मृत्यु

झापा । चट्याङ लागेर भद्रपुरमा एक जनाको मृत्यु भएको छ। भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार घरभित्रै सुतिरहेका राजवंशीलाई शुक्रबार बिहान २ बजे चट्याङ लागेको थियो। उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री