रियल गेटाफेसंग बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । बिहिबार राति भएको खेलमा रियल मड्रिड गेटाफेसंग गोलरहित बराबरीमा रोकिएको छ ।

गेटाफेको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल बराबरीमा रोकिएको हो । बल पोजिसनमा पकड जमाएको रियलले पटक पटक आक्रमण गरेपनि गेटाफेको डिफेन्स र गोलकिपरलाई चिर्न सकेन ।

Teeanger Brahim Diaz took his chance to impress with one particular outrageous piece of skill

यो बराबरीसंगै रियलले ३४ खेलबाट ६५ अंक जोडेको छ ।  रियल तेस्रो स्थानमा छ ।  गेटाफे ५५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत नै बिहिबार राति सेभियाले रायो भालेकानोलाई ५-० गोल अन्तरले पराजित गरेको छ । यस्तै भिया रियलले रियल सोसिडाडलाई १-० ले हराएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री