जुम्ला । तातोपानी गाउँपालिका –७ ताम्ति गाउँमा भीरबाट लडेर आमा र छोराको मृत्यु भएको छ । ३२ वर्षीया लक्ष्मी रावत र उनका एक वर्षीय छोरा सुभाष राउतको भीरबाट लडेर मृत्यु भएको हो ।
वनमा गाई चराउन गएको बेला भीरबाट लडेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार, भीरबाट लड्दा आमा र छोराको घटनास्थलमा नै मृत्यु भएको हाे ।
उनीहरुको शवलाई पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइएको छ । पिठ्युँमा छोरा बोकेर गाई चराउन गएकी आमा लडेपछि छोराको पनि मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिकृया दिनुहॊस