लुम्बिनी जनरलले पुँजी वृद्धि गर्न २०% हकप्रद ल्याउने, बोलायो विशेष साधारण सभा

काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले १०ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । पुँजी वृद्धि गर्न हकप्रद ल्याउन लागिएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी ८८ करोड रुपैयाँको २०% हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न वैशाख २५ गते विशेष सधारण सभा बोलाएको छ ।
लुम्बिनीले चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्न लागेको हो । प्रस्तावित हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । विशेष साधारण सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
लुम्बिनीले विशेष सभा गर्न वैशाख १५ गते आइतबार बुक क्लोज गर्नेछ । वैशाख १४ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री