काठमाडौं । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजीएस–एफआई भी ३.० सार्वजनिक गरेको छ ।
काठमाडौंमा जारी ‘यामाहा महाएक्सचेन्ज मेला’मा बाइकको नयाँ मोडल सार्वजनिक गरिएको हो ।
एफजीको विरासत र ‘सिग्नेचर स्टाइलिङ’लाई निरन्तरता दिँदै बजारमा ल्याइएको एफजीएस–एफआईमा अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम)जस्ता नयाँ सुविधा रहेकोे १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल भएको कम्पनीको दाबी छ ।
यसको प्रारम्भिक मूल्य तीन लाख ९ हजार ९०० रुपैयाँ रहेको छ ।
तपाईंको प्रतिकृया




