एभरेष्ट बैंकद्वारा कुपन्डोलदेखि लगनखेलसम्मको सडकमा वृक्षरोपण

काठमाडौं । एभरेष्ट बैंकले पृथ्वी दिवसको अवसरमा ललितपुर महानगरपालिकाको हरित अभियानमा सहकार्य गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत एभरेष्ट बैंकको सहकार्य र प्रगतीशिल धारा सुधार समितिको संयोजनमा कुपन्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पुल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । सफा र स्वच्छ वातावरण विकास गर्दै हरियाली प्रर्वद्धन र वायु प्रदुषण न्युनीकरण गर्न यस अभियानको थालनी गरिएको हो ।

वृक्षरोपण पश्चात बोल्दै एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले भने, ‘काठमाडौं उपत्यकाको वातावरणीय गुणस्तर खस्कदै गइरहेको छ । वातावरण स्वच्छ र सफा राख्नु र त्यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो । पृथ्वी दिवसको अवसरमा एभरेष्ट बैंकले महानगरसँग सहकार्य गरेरे सकारात्मक काम गर्न पाउँदा निकै खुसी लागेको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस