नेपाल मेडिसिटीको लगनखेलमा २ दिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ललितपुर ।  ललितपुरमा अवस्थित नेपाल मेडिसिटी अस्पतालले वैशाख ८ गते विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
ललितपुरको लगनखेलमा चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा नेपाल मेडिसिटीको मेडिकल टोलीले यातायात मजदुरहरुको स्वास्थ्य परिक्षण गरेको छ ।

शनिबारदेखी लगनखेलबसपार्कमा यातायात श्रमिकहरुका लागि आयोजित निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा २ दिनमा ५ सय भन्दा बढिको उपचार गरिएको छ ।
शनिबार र आइतबारनै नेपाल मेडिसिटीका महाप्रबन्धक बिजय रिमाल सहितको प्राविधिक समुह बसपार्कमै आएर मजदुरहरुको स्वास्थ्य जांच गरिएको छ ।

यातायात श्रमिकहरुमा स्वास्थ्यबारे सचेतना कम हुंदा रोगको उच्च जोखिम रहेको र सडक दुर्घटना समेत हुने गरेकाले यातायात श्रमिक स्वास्थ्य परिक्षण राष्टिङीय अभियान अन्तरगत लगनखेलमा कार्यक्रम सञ्चालन गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी गराए।

यस्तै, इष्टरका अवसरमा ललितपुर क्रिष्टियन कमिटिले आयोजना गरेको इष्टर सण्डे ¥यालीमा नेपाल मेडिसिटी अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न स्थानबाट ¥याली हुदै जावलाखेल पुगी कोणसभामा परिणत भएको कार्यक्रममा करिब १० हजार सहभागी रहेका थिए ।

त्यस्तै, किर्तिपुरको वडा नम्बर १ मा पनि आजै नेपाल मेडिसिटी अस्पतालले स्थानिय वर्गलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरेको छ । किर्तिपुर वडा नम्बर १ का अध्यक्ष हर्ष महर्जनको उपस्थिती र किर्तिपूर का स्वास्थय संयोजक फत्तेमान मानन्धर सहभागी रहेको कार्यक्रममा स्वास्थ्य बिमा बारे विशेष जनचेतना अभिवृद्धि तथा छिमेकि सहुलियत कार्ड वितरण गरीएको छ ।

अधिकांश मानिसहरुले सामान्य चेक जाँचका लागी अस्पतालसम्म पुग्ने नगरेको, वा समय व्यवस्थापनका कारणले आफ्नो स्वास्थ्य अवस्थाबारे थाँहा नपाएकाले यस किसिमका स्वास्थ्य परिक्षण कार्यक्रममा अस्पतालले जोड दिदै आइरहेको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी गराए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री