युनाइटेड सिमेन्ट्सले पायो गुणस्तर चिन्ह

काठमाडाैँ । केएल दुगड ग्रुपअन्तर्गतको संस्था युनाइटेड सिमेन्ट्स प्रालि इन्टरनेसनल सर्टिफिकेसन सर्भिसबाट आइएसओ ९००१ः२०१५ तथा १४००१ः२०१५ (वातावरण व्यवस्थापन)को प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्णरूपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएको र वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको अर्थमा सो प्रमाणपत्रहरू उद्योगलाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

बेजोड गुणस्तरको क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको युनाइटेड सिमेन्ट्सको आफ्नै चुनढुंगा खानी ललितपुरको लेलेमा अवस्थित छ भने फ्याक्ट्री नौबिसेमा रहेको भन्दै युनाइटेड सिमेन्ट्सले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाइ सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पनि पूरा गरी गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस