एनएमबिको ‘सबैको सहारा बचत खाता’योजना

काठमाडौं ।    खोलौ बैंक खाता अभियान २०७६ अन्तर्गत एनएमबि बैंकले ‘एनएमबि सबैको सहारा बचत खाता’ नामक योजना संचालनमा ल्याएको छ ।

योजनाको नारा ‘सबैका लागि बचत, सधैंकालागि साहरा’ राखिएको छ। आफ्नो ‘एक घर एक खाता’ अभियानलाई परिस्कृत गर्दै बैंकले यो योजना ल्याएको हो। यसमा बैंकको तर्फबाट १०० रुपैयाँ जम्मा गरिनेछ।

यस खातामा प्रत्येक ग्राहकहरुको अग्रिम बीमा सुरक्षण गरिनेछ। खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, वा क्यान्सर, किड्नी निस्कृयता, लिभरको रोग, मस्तिस्कघात, हृदयाघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भिर रोगहरु मध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाल या नीजको नजिकको हकवालालाई १० लाख रुपैयाँ सम्मको बीमा रकम उपलब्ध गराइनेछ ।

यसका अतिरिक्त उक्त खातामा सर्वाधिक ब्याजदर, निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिङ्ग, निशुल्क ईन्टरनेट बैंकिङ्ग, तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट निशुल्क रकम झिक्न सकिने  छ।

बैंकका  देश भरि ११० शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ९९ एटिएम सञ्चालनमा छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका …

प्रतिकृया दिनुहॊस