अजोड इन्स्योरेन्सको शाखा बिराटनगरमा

काठमाडौँ । अजोड इन्स्योरेन्सले शाखा बिराटनगर संचालनमा  ल्याएको छ । उक्त कार्यालयको उद्घाटन  योजना आयोग प्रदेश नं. १ का उपाध्यक्ष सुवोधराज प्याकुरेल तथा अजोड इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले गरे ।

उक्त अवसरमा अजोड इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रबन्धक तथा बिराटनगर शाखा प्रमुख केदारबहादुर खत्री र नेपाल पत्रकार महा संघ १ नं. प्रदेश समिति अध्यक्ष विक्रम लुइटेलले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप