चीनसँग मैत्रीपूर्ण खेल पक्का

काठमाडौं ।  नेपाली यू–१९ महिला फुटबल टोलीले चीनसँग २ मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । एएफसी यू–१९ वुमन च्याम्पियनसिप छनोटअघि टोलीले २ मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो ।  एन्फाका अनुसार नेपालले छुेन्दु प्रान्तको उमेर समुह टोलीसँग खेल्नेछ । मिति चाँडै नै तय हुने एन्फाले जनाएको छ । टोलीका प्रशिक्षक हरीओम श्रेष्ठले खेलअघिको मैत्रीपूर्ण खेलले कमजोरी पत्ता लगाउने सहयोग पुग्ने बताएका छन् ।

छनोटको दोस्रो चरणमा समूह ए मा रहेको नेपालले घरेलु टोली म्यानमार, अष्ट्रेलिया र उज्वेकिस्तानको सामना गर्नेछ । दोस्रो चरणका खेलहरु वैशाख १३ गतेबाट सुरु हुनेछन् । नेपालले पहिलो खेल १३ गते अष्ट्रेलिया, १५ गते उज्वेकिस्तान र १७ गते म्यानमारसँग खेल्नेछ ।

यसअघि थाइल्यान्डमा सकिएको पहिलो चरणमा नेपाल उत्कृष्ट उपविजेतासहित दोस्रो चरणका लागि छनोट भएको हो । त्यसबेला नेपालले भारतविरुद्ध २–० तथा पाकिस्तानमाथि ९–० को जित निकाल्दा थाइल्यान्डसँग ३–० को हार ब्यहोरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस