आईपीएल क्रिकेट : चेन्नईविरुद्ध बदला लिने राजस्थानको योजना

काठमाडौँ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा बिहिबार एक खेल हुँदैछ । जयपुरस्थीत सवाई मानसिंह क्रिकेट स्टेडियममा हुने खेलमा घरेलु टोली राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

राजस्थान र चेन्नईबीचको खेल बेलुका ८स्१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । राजस्थानविरुद्ध मैदान उत्रदा शीर्ष स्थानको चेन्नई आफ्नो जितको यात्रालाई कायमै राख्न चाहन्छ । जारी सिजन उत्कृष्ट खेलिरहेको चेन्नईले ६ खेलबाट १० अंक जोडेको छ ।

यस सिजनको पहिलो भेटमा चेन्नईले राजस्थानलाई ८ रनले हराएको थियो । चेन्नई घरेलु मैदानमा निकालेको उक्त जितलाई कायम राख्न चाहन्छ । यता, राजस्थान भने चेन्नईविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । राजस्थानलाई प्ले अफ यात्रा जीवित राख्न पनि चेन्नईविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।

पाँच खेलमा २ अंक जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस