४५ वर्ष लागे केदार घिमिरे, यसरी बनेका थिए ‘माग्ने बुढा’

काठमाडाैँ । लोकप्रिय हास्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा बुधबारबाट ४२ वर्ष लागेका छन्। २०५८ सालदेखि कलाकारिता शुरु गरेका केदार २०३२ सालमा जन्मिएका हुन्। ‘रामकहानी’ फिल्मका लागि १० लाख पारिश्रमिक बुझेर उनी यस वर्ष गतिलो चर्चामा आए।

‘हिजो आजका कुरा’बाट अभिनय यात्र सुरू गरेका उनले ‘गीताञ्जली’, ‘तितो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हुदै ‘मेरी बाँस्सै’मा आदिमा काम गरेका छन्। हँसाएर दुनियाँको मन जितेका माग्ने बुढाको जीवन संघर्षपूर्ण रह्यो।

पिता कृष्णप्रसाद घिमिरे र माता आअग्निकुमारी घिमिरेका छोरा केदार कलाकार बन्ने दौडमा काठमाण्डौ भित्रिएका थिएनन् । उनी त धेरै पढेर वकिल बन्न चाहन्थे ।

कानुन विषय अध्ययन गर्नका लागि उनले २०५० सालमा काठमाण्डौको यात्रा तय गरे । कानुन पढेर ठूलो मान्छे बन्ने अनि देशको सेवा गर्ने सपना बोकेर काठमाण्डौ छिरेका उनले त्यो सपना पूरा गर्न भने सकेनन् । उनी विपनामा विस्तारै सपनामा नदेखेको काम तिर मोडिन थाले ।

एकपटक उनलाई एउटा अन्र्तर्वार्ताले कानुन विषयमा रुची जगाएको थियो । गरिमा रानाको अन्र्तर्वार्ताले कानुन विषय पढ्न रुची जागेको थियो । गरिमाले आफू कानुन विषय पढेर देशको लागि केही गर्ने कुरा गरेको सुनेर केदारलाई पनि त्यही काम गर्ने रुची भयो । त्यतिबेला उनको उमेर नै अरुले जे भन्यो त्यही सहि लाग्ने उमेर थियो त्यो ।

कानुन विषय पढ्न उनी काठमाण्डौ आए । काठमाण्डौ आएर उनले कानुन विषय अध्ययन गर्न पनि थाले । तर उनी पास हुन भने सकेनन् । त्यो समय उनीसँग स्रोत र साधानको पनि कमी थियो ।

त्यसबखत काठमाण्डौमा भएका उनका दाइभाउजु पनि आर्थिक रुपमा त्यति सम्पन्न थिएनन् । यही कारण केदारले फेरि मकवानपुर फर्किए । घर पुगेर बुवासँग आफूलाई जसरी पनि कानुन विषय पढ्न मन भएको कुरा बताए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस