एनबीआई र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाडाैं – नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले दु्रत गतिमा विस्तार गर्नका लागि यही चैत २४ गतेका दिन सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा नेसनल बैंकिङ इन्स्टिच्युटको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापत्रअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरूलाई नेसनल बैंकिङ इन्स्टिच्युटले बनाएको वित्तीय साक्षरतासम्बन्धी मोबाइल एपको संरचना र सुविधाहरूबारे विस्तृत जानकारी गराइनेछ ।

बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरूलाई एनबीआई मोबाइल एपकाबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नका लागिको प्रेरित गर्ने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकले ल्यायो ‘द नबिल ढुक्क घर कर्जा’ योजना

काठमाडौँ । नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नबिल ढुक्क घर कर्जा’ योजना …

प्रतिकृया दिनुहॊस