माछापुच्छ्रे बैंकका एकैसाथ ३ नयाँ शाखा

काठमाडाैं – माछापुच्छ्रे बैंकले मोरङको टंकिसिनवारी, नुवाकोटको त्रिशुली र रसुवाको टिमुरेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

टंकिसिनवारी शाखाको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गरे। त्यसै गरी त्रिशुली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले र टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले गरे।

शाखा मार्फत बैंकले कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ सुबिधा उपलब्ध गराउने जनाएको छ। बैंकका नयाँ शाखाहरुमा एटिएमको पनि व्यवस्था छ। बैकले सातै प्रदेशमा आफ्ना ९९ शाखा र ७६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १७५ स्थानवाट बैकिङ्ग कारोबार गर्दैआएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकले ल्यायो ‘द नबिल ढुक्क घर कर्जा’ योजना

काठमाडौँ । नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नबिल ढुक्क घर कर्जा’ योजना …

प्रतिकृया दिनुहॊस