मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन : विस्तारको काम अन्तिम चरणमा

काडमाडौँ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । आगामी असारसम्म पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएपछि ढुवानी भाडा कम हुने र पेट्रोलियम पनि केही सस्तो हुने अनुमान गरिएको छ ।

हाल पर्सा राष्ट्रिय निकुञ्जको ७ किमि क्षेत्रमा पाइपलाइन बिछ्याउने काम जारी छ। भारत र नेपाल सरकारबीच २०७२ मा सम्झौता भएअनुसार इन्डियन आयल कर्पोरेसनको सहयोगमा मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ। मोतीहारीदेखि नेपाल सीमासम्म पाइप बिछ्याउने काम सकिएको छ।

आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख प्रदीपकुमार यादवले पाइप विस्तार गर्ने काम जारी रहेको बताए । तेल राख्न अमलेखगन्ज डिपोमा तीनवटा भर्टिकल ट्यांक मर्मत गरिइसकिएको यादवले जानकारी दिए। एउटा मर्मत हुँदै छ। जसमा ४९ लाख लिटरको २ वटा र ४१ लाख लिटर अट्ने २ वटा ट्यांक निर्माण गरिएको उनले बताए ।

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका मेकानिकल इन्जिनियर शरदप्रसाद पौडेलका अनुसार पाइपहरू पूर्ण रूपमा जमिनमुनिबाट बिछ्याएर ल्याउने कार्य भइरहेको छ।

अहिले अमलेखगन्ज डिपोमा भारतको बरौनिया, पटना, मोतीहारी हुँदै अलेखगन्जमा तेल आयत भइरहेको छ। ढुवानी भाडाले गर्दा पनि तेलको मूल्य महँगो पर्ने गरेको छ। यादवका अनुसार पाइपलाइन विस्तार भइसकेपछि तेल लिन भारत पुग्नुपर्ने छैन वाध्यताको अन्त्य हुनेछ । उनका अनुसार पाइपलाइनबाट तेल आएपछि वार्षिक २ अर्ब ढुवानी भाडा बचत हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री