मुक्तिनाथ विकास बैंकको २ नयाँ शाखा बेनी र कुश्मामा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले म्याग्दी जिल्लाको वेनी र पर्वत जिल्लाको कुश्मामा आफ्नो नयाँ शाखा कार्यलय विस्तार गरेको छ । वेनी शाखाको समुद्घाटन वेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले गरेका  छन् ।

त्यसैगरी, पर्वतको कुुश्मा शाखाको समुद्घाटन पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गरेका  छन् ।शाखा कार्यालय समुद्घाटन गर्दै ढकालले आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दे सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । उनले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ हातेमालो गर्न सधै तत्पर रहेको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप