काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा चाँगुनारायण न.पा.वडा नं ८ भक्तपुरमा बिमा दावी रकम भुक्तानी गरेको छ ।
वीमित स्व. यम कुमारी दुलाल खत्रीका हकवाला छोरा उमेश दुलाल खत्रीलाई मृत्युदावी वापत चेक हस्तान्तरण गरीएको सन लाइफले जनाएको छ ।
कम्पनीका सुर्य बिनायक शाखामा चाँगुनारायण न.पा.वडा नं ८ का वडा अध्यक्ष परासर सापकोटाले २ लाखको चेक हस्तान्तरण गरेका छन् ।
कम्पनीका सहायक महाप्रबन्धक चुडामणि सुबेदीबाट मृत्यु दावी भुक्तानी सम्बन्धी पत्र पनि हस्तान्तरण गरिएको छ ।
तपाईंको प्रतिकृया



