ग्लोबल आइएमई बैंकको थप ५ शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले रोल्पाको परिवर्त गाँउपालिका– ३ इरिवाङ्गमा १२२औँ, सोही जिल्लाकै थवाङ्ग गाउँपालिका– २, ठुलोगाँउमा १२३औँ, ईलामको शुर्योदय नगरपालिका– १४, कट्टुसेमा १२४औँ, सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९, पत्थरगाडामा १२५औँ र  पाँचथरको हिलिगाँउ गाउँपालिका– २, सिङ्गापुरमा १२६औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

यी पाँचै वटा शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका हुन् । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम–सिडीएमए–यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस