नबिल बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्काशन

काठमाडौं नबिल बैंकले ऋणपत्र निष्काशन प्रक्रिया अगाडी बढाएको छ । बैंकले  २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जसमध्ये ४० प्रतिशत  ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । बैंकले ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्रि तथा व्यवस्थापन प्रबन्धक चयन गरेको छ ।

जस अनुसार ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ । सो सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरे । नबिल बैंकले ७५ वटा शाखाहरुको सञ्जाल तथा १२८ वटा एटिएमहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित …

प्रतिकृया दिनुहॊस