काठमाडौं । माछापुच्छ्रे बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइराला र इन्स्योरेन्सको तर्फबाट नायवप्रमुखकार्यकारी अधिकृत रामशेवर श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडका जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो ।
तपाईंको प्रतिकृया




