शिवम सिमेन्ट्सको बुक क्लोज चैत २६ गते हुने

काठमाडौं । शिवम् सिमेन्ट्स  लिमिटेडले  साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ ।कम्पनीले चैत २६ गतेलाई बुक क्लोज मिति तोकेको छ ।

यसको अर्थ कम्पनीले आह्वान गरेको तेश्रो वार्षिक साधारणसभामा सहभागी हुन र कम्पनीबाट घोषित १५.७८९५ प्रतिशत नगद लाभांश पाउन चैत २५ गतेभित्र यो कम्पनीको सेयर खरीद गरिसक्नु पर्ने छ ।

शिवम सिमेन्ट्स लिमिटेडले आगामी बैशाख ९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले काठमाडौंको राष्ट्रियसभा गृहमा आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वान गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री