कोरियन भाषा परीक्षाका लागि ९२ हजार आवेदन

काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । आइतबार राति १२ बजेसम्म आवेदन दिने समय रहेकोमा ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका छन् । यसमध्ये औधोगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुुपालन तर्फ २८ हजार ८ सय ८९ जनाले आवेदन दिएका हुन् । कोरियाले औधोगिक तर्फ ७ हजार ५० र कृषितर्फ ३ हजार श्रमिकको कोटा निर्धारण गरेर पठाएको छ ।

भाषा परीक्षामा आवेदन दिनेको संख्या गएको वर्षभन्दा झण्डै १० हजार बढि हो । गएको वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए । तर परीक्षामा भने ७४ हजार ८ सय ६२ जनो मात्रै सहभागी भएका थिए ।

परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुनेछ । दुवै दिन दुई सिफ्टमा सञ्चालन हुनेछ । पोखरा र काठमाडौँमा परीक्षा सञ्चालन हुनजे भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपिएस शाखाले जनाएको छ।

भाषा परीक्षाको नतिजा २०७६ असार १३ गते प्रकाशित हुनेछ । परीक्षार्थीले आफूले प्राप्त गरेको प्राप्ताङ्कको जानकारी ईपिएसको वेबसाइटबाट हेर्न सक्नेछन् ।

तर कोरियामा कामदारको माग अनुसार उत्तिर्ण संख्या थपघट हुनसक्ने ईपिएस शाखाले जनाएको छ । भाषा परीक्षामा उत्तिर्ण परीक्षार्थीले दोश्रो चरणमा स्किल टेस्ट र कम्पेटेन्सी टेस्टमा सहभागी हुनुपर्ने छ । त्यसमा सफल भएमात्रै रोजगार आवेदन फारम भर्न पाउने छन् । भाषा परीक्षाको नतिजा सार्वजनिक भएपछि मात्रै यसमा सहभागी हुनेहरुको विपवरण प्रकाशित हुनेछ । भाषा परीक्षामा उत्तिर्ण भए पनि स्वास्थ्य परीक्षणमा असफल र प्रहरी रिपोर्ट प्रतिकुल हुनेले रोजगार आवेदन फारम भर्न पाउने छैनन् ।

नेपाली श्रमिक सन् २००८ देखि ईपिएस मार्फत कोरिया जान थालेका हुन् । पहिलो वर्ष सन् २००८ मा ३१ हजार ५ सय २५ जनाले भाषा परीक्षा दिएका थिए । हालसम्म ईपिएस मार्फत कोरिया जाने नेपालीको संख्या ५९ हजार ६सय ९८ जना पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस