सनराइजर्स हैदरावाद सामू रोयल च्यालेन्सर्ज बैंगलोर निरीह, ११८ रनले पराजित

हैदरावाद । भारतमा जारी आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ११८ रनको फराकिलो जित हासिल गरेको छ ।

जारी सिजनको कीर्तिमानी जित हासिल गर्ने क्रममा सनराइजर्सले २३२ रनको चुनौती पछ्याएको बैंगलोरलाई ११३ रनमै रोकेको थियो ।

३५ रन जोड्दा ६ विकेट गुमाएको बंैगलोरका लागि कोलिन डे ग्राण्डहोमले सर्वाधिक ३७ रन बनाए । मोहम्मद नाबीले ४ तथा सन्दीप शर्माले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २ विकेटको क्षतिमा २३१ रन बनायो । योसँगै हैदराबादले जारी सिजनमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान बनाएको छ ।

आइपिएलको ओभरअल उच्च स्कोर भने सन् २०१३ मा बैंगलोरले २६३ रन बनाएको थियो । हैदराबादले पहिलो विकेटका लागि अहिलेसम्मकै सर्वाधिक १८५ रनको साझेदारी गरेको छ । जोनी बेयरस्ट्रले ५६ बलमा ११४ तथा डेभिड वार्नरले ५५ बलमा अविजित रहँदै १०० रन बनाए ।

हैदराबादले तीनमध्ये दुई खेलमा जित हासिल गरेको छ भने विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले तीन वटै खेल हारेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा …

प्रतिकृया दिनुहॊस