काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र सिद्धार्थ ग्रपका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने भएको छ ।
उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीको सञ्जाल भित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका १३ भन्दा बढी होटल, रिसोर्ट, कफीहाउस, बेकरी एण्ड क्याफेमा उपलब्ध हुने फुड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्ने छन् ।
तपाईंको प्रतिकृया




