काठमाडौ । नेपाल बैक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हाली कार्यकाल सफलतापूर्वक पूरा गरेका देवेन्द्रप्रताप शाहलाई काठमाडौंमा आयोजित एक समारोहबीच बिदाइ गरिएको छ ।
सो अवसरमा आफ्नो कार्यकालमा बैंकको विकासमा पु¥याएको योगदानलाई बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारी , बैकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र विज्ञ नायब प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले सम्मानित गरेका हुन् । सो अवसरमा बैँक लिमिटेडका अध्यक्ष तथा कार्यक्रमका सभापति अधिकारीले शाहसँग छोटो समय मात्र काम गर्न पाए पनि उनको परिपक्व व्यवस्थापन शैलीबाट आफू प्रभावित भएको बताए ।
अध्यक्ष अधिकारीले उनको कार्यकालमा वित्तीय सवलीकरणमा बैंकले प्राप्त गरेको उच्च सफलताको प्रशंसा गर्दै बैँकले आमनागरिकबाट पाएको सद्भाव तथा विश्वासको पैंचो जनतालाई उत्कृष्ट सेवामार्फत तिर्न सकेमा सरकार तथा निजी क्षेत्र सबैमा सन्तुष्टि मिल्ने बताए । सो अवसरमा निवर्तमान प्रमुख कार्यकारी अधिकृत शाहले नेपाल बंैकको पुँजी पर्याप्तता अनुपात नपुगेको कारणले राष्ट्र« बैँकबाट शीघ्र सुधारात्मक कारबाही चलाउने चेतावनी दिइरहेको अवस्थामा आफूले कार्यभार सम्हाल्न परेको स्मरण गरे । शाहले आफूले गर्न नसकेको तर गर्न पर्ने कतिपय कामको सूची नै सञ्चालक समितिका अध्यक्षलाई बुझाएको र ती सुझाव सञ्चालक समितिका सम्पत्ति भएकाले त्यसमा अब आफू केही नबोल्ने बताए । कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वित्तीय हिसाबले सवल र गतिशील बनाउन शाहद्वारा पु¥याइएको योगदानको सराहना गर्दै आगामी दिनमा बैंकको प्रमुख सद्भाव राजदूतको भूमिका निर्वाह गरिदिन शाहलाई आग्रह गरे ।




