लगानी सम्मेलन सुरू, ४० देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी

काठमाडौं ।  सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन्।

काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उदघाटन गरेपछि अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको विषय बस्तुबारे जानकारी गराएका छन्। विभिन्न ४० देशहरुबाट मात्रै ६ सयभन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागीता रहेकाे छ।

सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु गरी १ हजार जनाको हाराहारीमा सहभागित रहेको आयोजकले जनाएकाे छ। सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पुराना स्मार्टवाच नयाँ मोडेलहरूसँग साट्न सकिने

काठमाडौँ । ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । मेला असोज …

प्रतिकृया दिनुहॊस