आज राति १२ बजेदेखि मौन अवधि

काठमाडौ । स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि शुक्रबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । प्रदेश २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते निर्वाचन हुँदैछ ।

मतदान हुने दिन सुरु हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुने कानुनी प्रावधान छ । निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचार र मत माग्न नहुने जनाएको छ । एसएमएस वा अन्य सामाजिक सञ्जालबाट समेत मत माग्नमा मौन अवधिमा प्रतिबन्ध लगाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री