पोखरा फाइनान्सद्धारा आखा अस्पताललाई आर्थिक सहयोग

काठमाडाैँ । पोखरा फाइनान्सको भैरहवा शाखाले भैरहवा स्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान अन्र्तगत श्री रण अम्बिका शाह आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । फाइनान्सले २१ औ नेत्र ज्योति दिवसको अवसरमा एक समारोहका बीच ५० हजार रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष सागर प्रताप राणाले सहयोग रकमको चेक ग्रहण गर्दै उपलब्ध रकम विपन्न वर्गका विरामीहरुको मोति बिन्दु अप्रेसनमा खर्च गर्ने बताए । कार्यक्रममा फाइनान्सको भैरहवा शाखाका शाखा प्रमुख शिव प्रसाद खनालले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त चेक आखा अस्पतालाई हस्तान्तरण गरेको र आगामी दिनमा समेत सोही किसिमका कार्यक्रम गर्दै जाने बताए ।

८५ करोड ७२ लाख रुपैयाँ रहेको चुक्ता पूँजी रहेको फाइनान्सले हाल प्रधान कार्यालय सहित १९ वटा शाखा कार्यालय बाट बैकिङ सेवा प्रदान गरिरहेको छ । फाइनान्सले निकट भविष्यमा काठमाडौंको गोंगवु र ललितपुरको कुमारीपाटी गरि थप २ शाखाहरु र कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा १ एक्सटेन्सन काउन्टर स्थापना गर्ने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप