यस्ता छन् छाला स्याहार गर्ने घरेलु विधि

काठमाडाैँ । छाला स्याहार गर्ने घरेलु विधि यस्ता छन् ।

-रातो टमाटरको पेस्ट तयार गर्नुस् । त्यसमा एक–एक चम्चा कागतीको रस र जौको पिठो मिसाएर अनुहारमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् ।

  • थोरै कागतीको रस, जैतुनको तेल, अन्डा मिसाएर अनुहारमा लगाउनुहोस् । पाँच मिनेटपछि सफा पानीले यसलाई धुनुहोस् । तर, यो नर्मल छालाका लागि मात्रै लागू हुन्छ ।

  • एक कप ब्राउन सुगर, एक चम्चा दूधमा मिलाउनुहोस् । त्यसलाई अनुहारमा लगाएर पाँच मिनेटसम्म राख्नुहोस् । त्यसपछि मनतातो
    पानीले धुनुहोस् ।

  • पेस्ट बनाएको स्याउमा एक चम्चा मह हल्का तातो बनाएर राख्नुहोस् र त्यसलाई अनुहारमा लगाउनुहोस् । त्यो पेस्ट सुकेपछि अनुहारलाई सफा गर्नुहोस् ।

  • नुहाउने पानीमा दुई कप दूध मिसाउनुहोस् । दूधमा रहेको फ्याट ल्याक्टिक एसिडले छालालाई नरम बनाउँछ ।

-नुहाउने पानीमा दुई चम्चा ओलिभ ओयल हालेर नुहाउँदा छालाको सुक्खापनबाट मुक्ति मिल्छ ।

–  प्रशस्त मात्रामा ताजा फलफूल, सागसब्जी तथा जुस खाने गर्नुहोस् ।

  • नरिवल र सूर्यमुखी तेलमा पनि नेचुरल फ्याटी एसिड हुन्छ । यसले छालालाई मोस्चराइज गर्न सहयोग गर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले …

प्रतिकृया दिनुहॊस