नेप्से परिसूचक ७ अंकले घट्यो

काठमाडाैँ । पछिल्ला केही दिनमा सुधार देखिएको नेप्से परिसूचक मंगलबार भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ । परिसूचक घटे पनि कारोवार रकम भने बढेको छ । कुल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता सेयर रु. ३६ करोड सात लाख ९ हजार ७८० मूल्यमा खरीद बिक्री भए ।

कारोबार भएका १० उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै सेयर बढेको छ । ८ उपसमूहको सेयर ओरालो लागेको छ । स्टकका अनुसार वित्त ४.३८ र उत्पादन उपसमूह ७.६६ विन्दुले बढेको छ । यस्तै बैंकिङ ६.३७, होटल ७.१४, विकास बैंक ६.१९, जलविद्युत् १४.३९, निर्जीवन बिमा ६०.४६, अन्य ०.६४, लघुवित्त १०.६८ र जीवन बिमा ७६.५३ विन्दुले घटेको छ । लगानीकर्ता ग्लोबल आईएमई बैंकको संस्थापक सेयरतर्फ आर्कषित हुँदा मंगलबार सो बैंकको रु. ६ करोड ३९ लाख १० हजार ५७२ मूल्य बराबरको कारोबार भएको छ ।

यस्तै साइन रेसुंगा डेभलपमेन्ट बैंकको रु. १ करोड ४७ लाख १४ हजार ८४६, एभरेस्ट बैंकको रु. १ करोड २४ लाख ३२ हजार ५ सय ३१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु. १ करोड ७६ हजार ८११ बराबरको कारोबार भएको छ । स्टकका अनुसार युनाइटेड फाइनान्सका सेयरधनीले ८.७२ प्रतिशतले कमाएका छन् भने मल्टिपर्पोज फाइनान्स कम्पनीका सेयरधनीले ७.१४, आशा लघुवित्त वित्तीय संस्था ४.९८, सिन्धु विकास बैंक ४.५५, श्रीराम सुगर मिल ४.५२ प्रतिशतले कमाएका छन् । यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका सेयरधनीले ५.१६, खानीखोला हाइड्रोपावर कम्पनी ४.८७, रैराङ हाइड्रोपावर ३.८०, अपि पावर कम्पनीका सेयरधनीले ३.५९ प्रतिशतले गुमाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस