त्रिशूलीमा ट्रक खस्दा एक जनाको मृत्यु, चार घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिक दुई नम्बर पुलको ठाडो खोलामा मंगलबार बिहान ट्रक खस्दा एक जनाको मृत्यु भएको छ। त्रिशूलीमा झर्ने खोलामा ट्रक खस्दा ट्रकले किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको पुरानोे मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य दुई जनालाई भरतपुरतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ। मुग्लिनबाट नारायगढतर्फ आउँदै गरेको ना ५ ख १४३ नम्बरको ट्रक इच्छाकामना गाँउपालिका–५ कालीखोला नजिकै ठाडो खोलामा बिहान ७ः१५ बजे अनियन्त्रित भई सडकबाट करिव ७० मिटर तल खसेको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after