नागरिक लगानीकोषको चुक्ता पुँजी वृद्धि हुने

काठमाडौं । नागरिक लगानीकोषको चुक्ता पुँजी वृद्धि हुने भएको छ । नागरिक लगानी कोषको चुक्ता अब पूँजी ३ अर्ब पुग्ने भएको छ । हाल एक अर्ब १० करोड रूपैयाँ चुक्ता पूँजी रहेको छ । कोष पुँजी वृद्धि गर्न राष्ट्रियसभाबाट विधयक पारित भएपछि चुक्ता पूँजी ३ अर्ब पुग्ने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको विधयकमा अधिृकत पूँजी ८ अर्ब, जारी तथा चुक्ता पूँजी ३ अर्ब पुर्याउने विधेयकमा उल्लेख छ ।

राष्ट्र बैंकको ठाँउमा राष्ट्रिय बीमा संस्थानको पूँजी थपिएको छ । संस्थानको ३१.५ प्रतिशत शेयर हिस्सा हुने विधेयकमा उल्लेख छ । यस्तै सरकारले शेयर स्वामित्व पनि बढाएको छ । हाल कायम १० प्रतिशतलाई बढाएर २३।३४ प्रतिशत पुर्याइएको छ ।

नेप्सेको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको १५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर हिस्सा कायम गरिएको छ । ४० प्रतिशत शेयर स्वामित्व रहेको राष्ट्र बैंक त्यस विद्येयक पारित भएपछि बाहिरिने भएको छ । काषेले आयोजना गरेकै कार्यक्रमा पनि अर्थमन्त्री र राष्ट्र बैंकका कामु गर्भनरले शेयर स्वामित्व निकाल्ने जनाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस