काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा केन्द्रीय बैंकले खुलाबजार कारोबार अन्तर्गत रिपोमार्फत पटक–पटक गरी कुल २१ अर्ब ३ करोड रुपैयाँ बराबरको तरलता बजारमा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९० अर्ब ४० करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरिएको थियो ।
साथै, यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा २४ अर्ब ८ करोड रुपैयाँ बराबरको यस्तो सुविधा उपयोग भएको थियो । माघ मसान्त सम्म तरलता प्रवाह गर्नको लागि केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ७२ करोड खरिद गरी १ खर्ब ९७ अर्ब ६६ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ३० करोड खरिद गरी २ खर्ब ३६ अर्ब ६५ करोड रुपैयाँ खुद तरलता प्रवाह गरिएको थियो । यता, चालु आर्थिक वर्षको ७ महिनामा खुला बजार कारोबारका विभिन्न उपकरण मार्पmत् पटक–पटक गरी कुल १०० अर्ब ३५ करोड तरलता प्रशोचन गरेको राष्ट्र बैंकले जनाएको छ ।
जस मध्ये निक्षेप संकलन बोलकबोल मार्फत् ७९ अर्ब ६५ करोड रुपैयाँ र रिभर्स रिपोमार्पmत् २० अर्ब ७० करोड रुपैयाँ प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ३० अर्ब २५ करोड तरलता प्रशोचन भएको थियो ।
प्रतिकृया दिनुहॊस