रेमिट्यान्स २८.४ % बढ्दा बैदेशिक रोजगारीमा जानेको संख्या ३९.२ % ले घट्यो

काठमाडाैँ । चालु आर्थिक बर्षको सात महिनाको अवधिमा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ विप्रेशण आप्रवाह (रेमिट्यान्स) भित्रिएको । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको सात महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजीक गर्दै समीक्षा अवधिमा रेमिट्यान्स २८.५ प्रतिशतले बढेका बताएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स १.७ प्रतिशतले मात्र बढेको थियो ।

अमेरिकी डलरमा भने रेमिट्यान्स १६.० प्रतिशतले मात्र बढेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ६.४ प्रतिशतले मात्र बढेको थियो । समिक्षा अवधिमा खुद ट्रान्सफर आय २७.३ प्रतिशतले बढेर ५ खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा यस्तो आय ३ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकको अनुसार चालु आर्थिक बर्षको माघ महिना सम्ममा रेमिट्यानसमा उच्च वृद्धि भएपनि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ३९.२ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो संख्या ४.९ प्रतिशतले घटेको थियो । सात महिनाको अवधिमा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बुधबार पनि घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । यो दिन तोलामा …

प्रतिकृया दिनुहॊस