प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब बढिले घट्दा शोधानान्तर स्थिति र चालु खाता घाटा बढ्दो

काठमाडाैँ । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार चालु आर्थिक बर्षको माघ मसान्तमा सम्ममा चालु खाता घाटा बढेर १ खर्ब ६६ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता घाटा १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा गत आर्थिक बर्षको सात महिनाको अवधिमा १ अर्ब ३८ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा बढेर १ अर्ब ४६ करोड पुगेको छ ।

चालु आर्थिक बर्षको सात महिनाको अवधिमा शोधनान्तर स्थिति रु.४९ अर्ब ३२ करोडले घाटामा रहेको छ । गत आर्थिक बर्षकोे वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१८ अर्ब २८ करोडले घाटामा रहेको थियो । गत आर्थिक बर्षको पहिलो सात महिनामा अमेरिकी डलरमा शोधनान्तर स्थिति १७ करोड ९१ लाखले घाटामा रहेकोमा चालु आर्थिक बर्षको सोहि अवधिमा बढेर ४३ करोड ३० लाखले घाटामा पुगेको राष्ट्र बैंकको तथ्याङक छ ।

यस्तै आर्थिक बर्षको सात महिनामा पूँजीगत ट्रान्सफर रु.७ अर्ब ४३ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब १५ करोड रहेको छ । गत आर्थिक बर्षको सोहि भने अवधिमा पूँजीगत ट्रान्सफर रु.१० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१४ अर्ब ३४ करोड रहेको राष्ट्र बैंकले उल्लेख गरेकोे छ । यसलाई हेर्दा प्रत्यक्ष वैंदेशिक लगानीमा भारी गिरावट आएको देखिन्छ । गत बर्षको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब भन्दा माथिले घटेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इटहरीमा विद्युतीय नगर बस, यात्रुले कहिलेदेखि चढ्न पाउँछन् ?

विराटनगर । इटहरी उपमहानगरपालिकाले चार वटा विद्युतीय बस ल्याएको छ । उपमहानगरले नगरबस सञ्चालन गर्न …

प्रतिकृया दिनुहॊस