सात महिनामा ३८७ अर्ब ६९ करोड रुपैयाँ नयाँ शेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ३८७ अर्ब ६९ करोड रुपैयाँ नयाँ शेयर सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७५-७६ को सात महिनामा १५ अर्ब ९ करोड बराबरको साधारण शेयर ७ अर्ब ३९ करोड बराबरको हकप्रद शेयर, ६ अर्ब ६५ करोड बराबरको बोनस शेयर गरी कुल २९ अर्ब १३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

२०७४ माघ मसान्तमा १३८०.३ बिन्दु रहेको नेप्से सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १८.३ प्रतिशतले ह्रास आई २०७५ माघ मसान्तमा ११२८.२ बिन्दुमा रहेको छ । २०७५ असार मसान्तमा नेप्से सूचकाङ्क १२१२.४ बिन्दु कायम भएको थियो । धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा १४.७ प्रतिशतले ह्रास आई २०७५ माघ मसान्तमा १३७७ अर्ब १५ करोड कायम भएको छ ।

बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा २०७४ माघ मसान्तमा १०.७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको अघिल्लो आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६२।१ प्रतिशत रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ माघ मसान्तमा २०३ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४९ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका रहेका छन्भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, २४ वटा जलविद्युत्कम्पनी, ४-४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस