एजेन्सी । भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलहालाई देखेपछि दुलहीले विवाह गर्न अस्विकार गरिन् । दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ममाथि धोका भएको छ । त्यहाँ उपस्थित पाहुना र जन्ती अचम्मित परे । त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् ।आमाले निकै सम्झाएपछि पनि छोरी मानिन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।
भारतीय मिडियाका अनुसार १७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । जब मार्च १० तारिखको बेलुकी आगराबाट दुलहीको घर पुगे । दुहली वरमाला लिएर स्टेजमा पुगिन् तर दुलहालाई देखेर भड्किइन् ।
ती युवतीले आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् । परिवारले के कारणले विवाह गर्न नखोजेको भनेर सोधे तब उनले ‘जस्तो सुकै स्थिती भएपनि म यो बुढासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् । दुलहीले विवाह अघि जुन केटाको तस्बिर देखाइएको थियो त्यो उनी नभएको बताइन् ।
भोलिपल्ट आमा दुलहासँग गइन्ः
तर भोलिपल्ट बिहान छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब छोरीकी आमाले सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् । बेहुलीका अनुसार तीन वर्ष अघि उनको पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् ।
प्रतिकृया दिनुहॊस