कोरियन भाषाको परिक्षा जेठ २६ र २७ गते हुने

काठमाडौं। कोरियको भाषा परिक्षा आगामी  जेठ २६ र २७ गते हुने तय भएको छ।  २०१९ मा कोरिया जानका लागि नेपालीले दिनुपर्ने भाषा परिक्षाको मिति  तय भएको हो। परिक्षामा संलग्न हुनलाई परिक्षार्थिले चैत ८ देखि १७ सम्म फारम भर्न सक्नेछन्।

परीक्षा पहिलो सिफ्ट अन्तर्गत विहान ८ बजेदेखि र दोस्रो सिफ्टको परिक्षा मध्यान्ह १२ बजेदेखि सुरु हुनेछ । परिक्षाका लागि शाखाले विभिन्न २६ परिक्षा केन्द्र तोकेको छ ।

 

कोरियाले यो बर्ष १० हजार ५० जना लैजाने भएको छ। यसमा उत्पादक मुलक क्षेत्रमा सात हजार ५० जना र कृषि क्षेत्रमा ३ हजार लैजाने तयारी भएको छ। हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको ईपीएस कोरिया शाखाले जनाएको छ।

कोरियाले नेपाल सहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ । कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर (करिब ९१ हजार रुपैयाँ ) खर्च हुन्छ ।

‘अहिलेसम्मकै उच्च कोटा निर्धारण भएको पत्र प्राप्त भएको छ,’ ईपिएस कार्यालयका एक अधिकारीले भने, नियमित तालिकाअनुसार परीक्षा लिइनेछ ।’

बारेमा news

यॊ पनि हेर्नुहॊस

वायु प्रदुषण : स्वच्छ सास लिनै मुस्किल !

काठमाडौं उपत्यकाको वायु स्वस्थ छैन । देशका थुप्रै स्थानमा डढेलो लागिरहेको छ । केही महिनादेखि …

प्रतिकृया दिनुहॊस