अमेरिकाद्वारा हुवाएसँग सहकार्य नगर्न जर्मनीलाई दबाव

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी हुवाएसँग सहकार्य नगर्न अमेरिकाले जर्मनीलाई दबाव दिएको छ ।

जर्मनीका लागि अमोरिकी राजदूत रिचार्ड ग्रेनेलले जर्मन सरकारलाई एक पत्र लेख्दै हुवाएसँग कुनै पनि सहकार्य नगर्न आग्रह गरेका हुन् ।

जर्मनीले ‘फाईभ–जी’ टेलिकम विस्तारको ठेक्का चिनियाँ कम्पनी हुवाएलाई दिने तयारी गरिरहँदा अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

हुवाएसँगको सहकार्यले आफ्नो सुरक्षा गोपनियता भंग हुने अमेरिकाको तर्क छ ।

जर्मनीले चिनियाँ कम्पनीसँग सहकार्य जारी राखे जासुसी र अनुसन्धानमा अमेरिकाले सहयोग बन्द गर्ने चेतावनी पनि अमेरिकी राजदूतले दिएका छन् ।

जर्मनीले अमेरिकाको पत्र प्राप्त भएको पुष्टी गर्दै छिट्टै अमेरिकालाई यसको औपचारिक जवाफ दिने तयारी गरिरहेको जनाएको छ ।(एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after