चालू आर्थिक वर्षको छ महिना : पूर्वाधार निर्माणमा करिब ८० अर्बमात्रै खर्च, साधारणतर्फ साढे दुई खर्ब खर्च

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो छ महिनामा पूर्वाधार निर्माण तथा अन्तरसम्बन्धित विकासमा अत्यन्त न्यून खर्च गरको छ । चालू आवको बजेटले यी शीर्षकमा पर्याप्त बजेट विनियोजन गरे पनि सोहीअनुसारको रणनीतिक योजना बनाएर अघि बढ्न नसक्दा खर्च हुन नसकेको हो ।

पूर्वाधार निर्माणको लागि चालू आवमा कुल चार खर्ब २२ अर्ब बजेट विनियोजन गरे पनि समीक्षा अवधिमा जम्मा ७९ अर्ब ७० करोड रुपैयाँमा मात्रै खर्च गरेको छ । अन्तरसरकारी विकासमा पनि सरकारले खर्च गर्न सकेको छैन । ६ महिनाको यो अवधिमा यो शीर्षकमा जम्मा १५ प्रतिशतमात्रै खर्च भएको छ । सरकारले उक्त शीर्षकमा १५ अर्ब ६८ करोड बजेट विनियोजन गरेको थियो ।

समीक्षा अवधिमा उत्पादन वृद्धिका लागि विनियोजन गरेको बजेटमा पनि करिब २९ प्रतिशतमात्रै खर्च भएको छ । उत्पादन वृद्धि शीर्षकमा ५९ अर्ब ८३ करोड बजेट विनियोजन गरेकोमा १७ अर्ब ३३ करोडमात्रै खर्च भएको हो । सामाजिक विकासमा कुल विनियोजित बजेटको जम्मा २५.९ प्रतिशतमात्र खर्च भएको छ ।

यो अवधिमा अन्य विकास निर्माणका क्षेत्रमा खर्च हुन नसके पनि साधारणतर्फको बजेट भने ५६।६ प्रतिशतले खर्च भएको छ । यस शीर्षकमा छुट्याइएको चार खर्ब १३ अर्बमध्ये दुई खर्ब ३३ अर्ब समीक्षा अवधिमै खर्च भइरहेको छ ।

प्राथमिकता प्राप्त आयोजनामा पनि खर्च भएन

प्राथमिकता प्राप्त आयोजना भएको बजेट खर्चलाई आधार मानेर हेर्ने हो भने पहिलो प्राथमिकतामा २९।१ र दोस्रो प्राथमिकतामा २३ प्रतिशतमात्र बजेट खर्च भएको छ । बजेट अर्धवार्षिक समीक्षासम्म पहिलो प्राथमिकता आयोजनाका लागि कुल १२ खर्ब नौ अर्ब बजेट विनियोजन गरे पनि जम्मा तीन खर्ब ५१ अर्बमात्रै खर्च भएको छ । पहिलो प्राथमिकता प्राप्त आयोजनको तुलनामा दोस्रो प्राथमिकता प्राप्त आयोजनमा अझ कम खर्च भएको छ । दोस्रो प्राथमिकता प्राप्त आयोजनामा कुल एक खर्ब ६ अर्बमध्ये २४ अर्ब ४३ करोड खर्च भएको छ ।

चालू आवको फागनुमध्येसम्म जम्मा ७७ अर्ब ८८ करोड रुपैयाँमात्र खर्च गरको छ । सरकारले चालू आवमा पुँजीगत खर्च शीर्षकमा कुल तीन खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस