कामना सेवा विकास बैंक र नेशनल लाईफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र नेशनल लाईफबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे।

यस सम्झौता अन्र्तगत ग्राहकहरुले मुलुकभर फैलिएका ६८ वटै शाखाहरुबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन ।

सम्झौतासंगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।  बैंक देशभरि ६८ वटा शाखा तथा २० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाई व्याकिङ्ग, सी एएस्विए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउंदै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफले २१ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । …

प्रतिकृया दिनुहॊस