चीनको अर्थतन्त्रमा व्यापार युद्धको असर, निर्यात २०.७% ले घट्यो

काठमाडौं । चीनको निर्यातमा ३ वर्ष यताकै भारी गिरावट आएको छ । फेब्रुअरी महिनामा चीनको निर्यात गत वर्ष भन्दा २०.७% ले घटेको छ । अमेरिकासँगको व्यापार युद्धका कारण निर्यातमा असर परेको बताइएको छ । चीनको आयातमा पनि ५.२% गिरावट आएको छ ।
अर्थतन्त्रमा असर पर्नुको अर्को कारण चिनियाँ नयाँ वर्षको विदालाई पनि लिइएको छ । रोएटर्सका अर्थशास्त्रीहरुले गरेको सर्वेक्षणमा चिनियाँ अर्थतन्त्रमा ४.८% गिरावट आउने अनुमान गरिएको थियो । तर अहिले देखिएको गिरावट अनुमान गरेभन्दा धेरै ठूलो हो । चीनको अर्थतन्त्रमा गिरावट आउँदा एसियाका स्टक मार्केटहरुमा पनि असर परको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस