काठमाडौं । भारतीय कम्पनी महिन्द्रको स्वामित्वमा रहेको पेनिनफरिनाले प्रिमियम हाइब्रिड कार बटिस्टा जेनेभा अन्तर्राष्ट्रिय मोटर शो २०१९ मा सार्वजनिक गरेको छ । बटिस्टा एक प्रिमियम हाइब्रिड कार हो जुन विश्वको सबैभन्दा छिटो कुद्ने विद्युतीय कार बन्ने भएको छ ।
रिमार्क इम्प्लोइ सिलिन्डर सेलबाट १२० किलोवाट हावर ब्याट्रि प्याक भएको बटिस्टाकोे टप स्पिड ३५० किलोमिटर प्रतिघण्टा रहको छ । यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल २ सेकेन्डमा पूरा गर्नेछ । यस्तै, शून्यदेखि ३०० किलोमिटर प्रतिघण्टा १२ सेकेन्डमा कम समयमा पूरा गर्नेछ ।
तपाईंको प्रतिकृया




