ट्रम्पलाई अर्को झड्का, निर्वाचन परिचालन कमिटीका पूर्वप्रमुखलाई ४७ महिना जेल

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निर्वाचन परिचालन कमिटीका पूर्वप्रमुख पर्ल म्यानफोर्टलाई कर छली र बैंकिङ ठगी गरेको आरोपमा ४७ महिनाको जेल सजाय हुने भएको छ। अमेरिकी न्यायिक विभागले २२ महिना लगाएर गरेको अनुसन्धानमा पर्ल म्यानफोर्ट दोषी पाइएको हो। उनले लाखौं डलर हिनामिना गरेको आरोपमा जेल सजायको फैसला गरिएको हो।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपका विषयमा अनुसन्धान गर्ने क्रममा उनीमाथि पनि अनुसन्धान सुरु गरिएको थियो। ६९ वर्षीय म्यानफोर्टले भर्जिनियाको अलेक्जेड्रियास्थित अदालतमा बयान दिँदै आफ्नो जीवनको अन्तिम दुई वर्ष निकै कठिन भएको बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री